नियम १२
बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने
: नियम ११ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवधिभर कुनै पनि प्रहरी कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैन ः-
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा बढुवा रोक्का भएको अवधिभर,
(ग) तलब वृद्धि रोक्का भएकोमा तलब वृद्धि रोक्का भएको अवधिभर,
(घ) तल्लो पदमा घटुवा भएकोमा घटुवा भएको मितिले दुई वर्षसम्म,
(ङ) खाइपाई आएको तलब वृद्धि घटुवा भएको वा जेष्ठता सहितका सुरु स्केलमा घटुवा भएकोमा त्यस्तो घटुवा भएको मितिले एक वर्षसम्म,
(च) बहाल रहेको पदमा तीन पटकभन्दा बढी नसिहत पाएको भए अन्तिम पटक नसिहत पाएको मितिले एक वर्षसम्म ।